सुर्खेतमा आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट

काठमाडौँ । सुर्खेतको गुर्भाकोट चिसापानी कृषि तथा पशुपक्षी फारममा सिलिन्डरबाट ग्याँस लिक भई गएराति आगलागी हुँदा १ हजार ५ सय वटा बोईलर कुखुरा, २५ बोरा कुखुराको दाना गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।