‘मिचोङ’ सामुन्द्रिक आँधीको प्रभाव नेपालमा कस्तो छ ? 

काठमाडौँ - नेपालमा अहिले पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचोङ’ सामुन्द्रिक आँधीको समेत आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसका कारण कोशी र मधेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पनि कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशीका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेश ,बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेशको एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । साथै, कोशीको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।