तोलामा पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ - साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपौयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला पाँच रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ ।