राजेन्द्र लिङदेनको आक्रोश-'राजावादीहरूले धार्मिक सहिष्णुता बिथोलेको पुष्टि गर्नुस्' 

 काठमाडौँ - राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आज शुक्रबार बसेको बैठकमा उनले राजावादीहरू धार्मिक सदभाव बिथोल्न थालेकाले निगरानी गर्नुपर्ने धारणा केही सांसदहरूले राखेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले कुन लोकतन्त्र विरोधी गतिविधिमा राजावादी संलग्न भएको हो भन्ने प्रष्ट पार्न आग्रह गरे । लिङ्देनले जघन्य हत्याका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटार जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो भन्दै प्रश्न समेत गरेका छन् ।