घर बनाईदिने बझाङका भूकम्प पीडितलाई प्रधानमन्त्री दाहालको आश्वासन 

बझाङ - भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री  पुष्पकमल दाहालले पीडितलाई घर बनाइदिने आश्वासन दिएका छन् । बझाङ सदरमुकाम चैनपुर नजिकै भोपुर ब्यारेकमा नेपाली सेनाको हेलिकोप्टरमार्फत अवतरण गरेका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् । 

प्रधानमन्त्री दाहालले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताएका हुन् । भूकम्प प्रभावित बलबहादुर सुनारले  प्रधानमन्त्री दाहालले घर बनाइदिने आश्वासन दिएको बताए।