चाडपर्व अघि नै उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वभाविक मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकमा बोल्दै समितिका सभापति सोनाम गेल्जेन शेर्पाले बजारमा दैनिक उपभोग्य तथा अतिआवश्यक वस्तु तथा सेवामा हुने गरेको कालोबजारीले आम नागरिक अक्रान्त भइरहेको सन्दर्भमा नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन समेत दिएका छन् ।

सभापति शेर्पाले नियमति बजार अनुगमन गर्न र सर्वसाधरणको सहज पुहँच हुने गरी तत्काल सुपथ मूल्य पसलको समयअवधि र क्षेत्रगत दायरा विस्तार गर्न सुझाव दिएका छन् ।