ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन छापावाल सुन (२४ क्यारेट) प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।