कति पुग्यो विदेशी विनिमय दर ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङको घटेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.८६ रुपियाँ र बिक्री १३४.४६ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ थियो । 

त्यस्तै सोमबार युरो १ को खरिद मूल्य १४५.८६ रुपियाँ र बिक्री मूल्य १४६।५२ रुपियाँ थियो । आज भने सो मुद्राको खरिद १४६.५६ रुपियाँ रबिक्री १४७.२१ रुपियाँ तोकिएको छ । त्यसैगरी मंगलबारका लागि राष्ट्र बैंकले पाउन्ड १ को खरिद दर १७०.६२ रुपियाँ र बिक्री दर १७१.३९ रुपियाँ निर्धारण गरेकामा अघिल्लो दिन खरिद १७१.१४ रुपियाँ र बिक्री १७१.९१ रुपियाँ थियो ।