आइसीसी टी–२० विश्वकप : आज तीन खेल हुँदै, कसको खेल कति बजे ?

काठमाडौँ । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज (बिहीबार) पहिलो खेल समूह ‘सी’ मा रहेका पीएनजी र युगाण्डाबीच हुनेछ ।

गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले आ–आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

त्यस्तै, आज दोस्रो खेल समूह ‘बी’ मा रहेका अस्ट्रेलिया र ओमानबीच हुनेछ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि हुनेछ । यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ ।

यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट हो । त्यस्तै, आज तेस्रो खेल समूह ‘ए’अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुनेछ ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।