नवलपरासीमा ५ राउण्ड गोली सहित एक जना पक्राउ 

काठमाडौँ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रहरीले ५ राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ ।

विनयी त्रिवेणी गाउँपालिका-७ निवासी २९ वर्षीय राहुल थापालाई प्रहरीले ५ राउण्ड गोली सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा त्रिवेणी चौकीबाट खटिएको टोलीले उनलाई खानतलासी गर्ने क्रममा आज बिहान पक्राउ गरेको हो ।

एसएलआर ७ दशमलब ६२ एमएमको ३ राउण्ड गोली र ३ दशमलब ३ एमएमको २ राउण्ड गरी ५ थान गोली उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।  घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।