रावा इनर्जीको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ?

काठमाडौँ - रावा इनर्जी डेभलपमेन्टको आईपीओ आज (चैत २३ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला भएको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने २ लाख ८० हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा उक्त सेयर जारी गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्ने आईपीओ खोटाङ जिल्ला केपीलासगडी गापा (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन पाउने छन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने छन्। अधिकतममा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २ हजार ८०० कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।