काठमाडौँ - नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।
जसअनुसार एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो । महासेठ उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री बन्नुहुने भएको छ ।
यस्तै, पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्नुहुने भएको हो ।
पदम गिरीले यसअघि नै विना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।