नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।

केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो। देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।