काठमाण्डौँ महानगरको एक अभियान : सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

काठमाडौँ - सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको  काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ । विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने मुख्य समय बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म उक्त  तालिम प्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्नेछन् ।