सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा !

सर्लाही - सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । यो बेलामा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै छ ।