झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

काठमाण्डौँ - हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।  शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनको  घटनास्थलमा नै मृत्यु भएका थियो । 

हात्तीको तोडफोडबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।