खस सङ्घ घोषणा गर्ने जसपाको तयारी 

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले खस सङ्घ गठन गर्ने भएको छ । ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृ संगठनको रूपमा समाजवादी खस सङ्घ केन्द्रीय घोषणा गर्न लागेको हो ।

उक्त सङ्गठन गठन तयारीका लागि पार्टीले दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो । 

आज सातै प्रदेशका प्रतिनिधि दिउँसो १ः३० बजे भेला हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरू उपस्थित रहने छन् ।