सहकारी नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने बताएका छन् ।

पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको दायरामा ल्याइने बताए।

उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएको भन्दै मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए।