आइसीसी टि–२० विश्वकप : नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ - किर्तिपुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।

नेपालको लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नटआउट ५२ रन बनाए । कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दिप जोराले १० रन बनाए ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इल्यासले २ र जीसन मकसूदले १ विकेट लिए । नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेकोले यो खेल दुवैका लागि प्रतिष्ठाको मात्र विषय हो ।