बझाङ भूकम्पमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिएका थिए । 


उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भुमिका निभाउन निर्देशन दिए । उनले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री दाहालले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनैपनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए ।