भारतको विहारमा करेन्ट लागेर नौ बोलबम यात्रीको मृत्यु

एजेन्सी । भारतको विहारमा करेन्ट लागेर नौ जना बोलबम यात्रीको  मृत्यु भएको छ ।

सुल्तानपुर गाउँमा हाइटेन्सन तार खस्दा बोलबम यात्री लाई करेन्ट लागेको हो भने सोही क्रममा अन्य दुई जना यात्री भने घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

घटना आइतबार राति १०ः४५ बजे भएको प्रहरीले जनाएको छ । गाडीमाथि हाइटेन्सन तार खस्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जनाइएको छ ।