सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ? 

काठमाण्डौँ - सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य एक लाख ५० हजार तोकेको छ । 

गत शुक्रबार एक लाख ४९ हजार ९०० रूपैयाँ पुगेको थियो । आइतबार दुई सय रूपैयाँ घटेर एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने तोलामा ३०० रूपैयाँले बढेर एक लाख ५० हजार रूपैयाँ पुगेको छ । यसअघि कहिलै एक लाख ५० हजार रूपैयाँ बराबर पुगेको थिएन । 
सोमबार चाँदीको मूल्य  प्रतितोला एक हजार ७८५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

सुनको मूल्य अझै बढ्ने अनुमान विश्व बजारमा भने भइरहेको छ ।