कृत्रिम बजार बनाएर जनतालाई ठगी गर्ने कम बन्द गरियोस्  : अमरेश सिंह

काठमाडौँ । सांसद डा. अमेरशकुमार सिंहले  कृत्रिम बजार बनाएर जनतालाई ठगी गर्ने कम बन्द गर्न चेतावनी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले अहिले कृत्रिम तरिकाले सेयरको भाउ बढाएर सोझा जनतालाई ठग्न खोजिएको बताए ।

उनले ब्रोकर र इन्भेस्टरको र्काटेलिङबाट एक महिनामा एउटा कम्पनीको मूल्य ६०० बाट २१५४ रुपैयाँ पुगेको बताए । उनले लगानीकर्ता र ब्रोकरको सिन्डिकेटले यस्तो भइरहेको आरोप लगाए । 

उनले नेप्से, राष्ट्र बैंकले यसलाई राम्रोसँग नियमन गर्नुपर्ने बताए ।

“म सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, गरिब र अशिक्षित जनताको अर्बौं रुपैयाँ ठगी गरेर, कृत्रिम बजार बनाएर जनतालाई ठगी गर्ने कम बन्द गरियोस् र यसको छानबिन समिति गठन गरेर त्यस्ता सेयर कारोबारीलाई कारबाही गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।”