आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबारबाट खुल्ने

काठमाडौँ - आईएमई लाइफ इन्सुरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ । बिहीबारबाट आवेदन खुला हुनेछ ।

कम्पनीले अन्तिम प्रहरमा आएर एकाएक आइपीओ स्थगित भएको बताएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता भने अलमलमा परेका छन् । आईपीओ सार्नुको स्पष्ट कारण पनि खुलाइएको छैन। प्राविधिक कारणले मात्र आईपीओ भर्ने म्याद सारिएको बताइएको छ ।

यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ ।  यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दै छ ।