नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेशपछि धनुषा तनावग्रस्त

काठमाडौँ - सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको विरोधमा धनुषामा सोमबार बिहानैदेखि स्थिति तनावग्रस्त भएको छ ।

स्थानीयले राजमार्ग ठप्प पारेका छन् । उनीहरूले सर्वोच्चको आदेशले लाखौँ नेपाली नागरिकता पाउनबाट बञ्चित भएको बताएका छन् ।