यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ कायम गरिएको छ।

युरोपियन युरोको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८७ रुपैयाँ २८ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।