आजको बिनिमयदर कस्तो छ ? 

काठमाडौँ - अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ । यसअघि बिहिबार यसको खरिद मूल्य १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

यता युरोपियन युरो भाउ बढेको छ ।  शुक्रबारको लागि युरोपियन युरोको खरिद डर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। बिहिबार युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा रहेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ १३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८८ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।

यस्तै जापानी यन एकको खरिददर ९ रुपैयाँ ७१  पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।