फेरी बढ्यो सुनको मूल्य

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो  मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।