बैतडीमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौँ । बैतडीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै  मृत्यु भएको छ।

मृत्युु हुनेमा ट्याक्टर चालक ठेगाना खुल्न बाँकी रहेका राजेश चौधरी रहेका छन्। अर्का एक पुरूषको पनि मृत्यु भएको र उनको परिचय खुल्न बाँकी रहेको छ।

बैतडीको सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर  जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परि दुई जनाको मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।