एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेट : नेपालले आज बरोडासँग खेल्दै

काठमाडौँ - नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि सुरु हुनेछ ।

आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हँुदैछ ।