म्युचुअल फण्डहरुले सेयरबजारमा थपे झण्डै २ अर्ब लगानी

काठमाण्डौ - म्युचुअल फण्डहरुले सूचीकृत सेयर अर्थात सेयरबजारमा १ अर्ब ९५ करोड ४० लाख रुपैयाँ लगानी थप गरेका छन् । पुस महिनाको वित्तीय विवरणअनुसार ४२ म्युचुअल फण्डले मंसिर महिनाको तुलनामा ७.२१ प्रतिशतले सूचीकृत सेयरमा लगानी बढाएका हुन् ।  

पुस महिनामा म्युचुअल फण्डहरुले कुल २९ अर्ब ६ करोड १८ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेका छन् । अघिल्लो महिनामा फण्डहरुले सेयरबजारमा २७ अर्ब १० करोड ७८ लाख रुपैयाँ लगानी गरेका थिए ।  

पछिल्लो समय सेयरबजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुले लगानीको दायरा बढाएका हुन् । फण्डहरुले लगानीसँगै नाफामा समेत सुधार गरेका छन्, जसकारण पुस महिनामा अधिकांश फण्डको प्रतिइकाई खुद मूल्य ९न्याभ० १० रुपैयाँ भन्दा माथि छ ।

दोस्रो बजारमा सुधारका संकेतहरु देखिन थालेसँगै सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुले लगानी थप्दै लगेका छन् । पुसमा एनआईबीएल प्रगति फण्डसहित ५ वटा म्युचुअल फण्डले मात्रै लगानी घटाएका छन् ।