विश्वकप खेलेको नेपाली युवा क्रिकेट टोली स्वदेश फर्कियो 

काठमाण्डौँ - दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किएको छ । टोली बिहान काठमाण्डौ आइपुगेको हो ।

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीसँगै समर्थकले स्वागत गरेका थिए । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल ‘सुपर सिक्स’ सम्म पुगेको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको प्रतिक्रिया दिए । उनले नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए ।

यस्तै गुल्सन झाले समग्रमा विश्वकप राम्रो भएको बताए । आकाश चन्दले टोलीले राम्रोसँग खेलेको भन्दै ुसुपर सिक्सु मा पुग्नु नै देश र आफूहरूका लागि राम्रो कुरा भएको बताए । सुवास भण्डारीले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको प्रतिक्रिया दिए । यस्तै टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनबाट खुशी रहेको बताए ।