आज सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ  । हिजो बिहिबारकि मूल्य अनुसार नै आज सुन तोलामा १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।