पशुपतिनाथको गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

 काठमाडौँ - पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले बिहीबार एक सूचना जारी गर्दै गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नदिने जानकारी गराएको हो ।

यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने जानकारी दिएको छ ।