पृथ्बीराजमार्ग अन्तर्गत मलेखु नजिक ट्रकको ठक्करबाट दुईजना बिद्यार्थीको मृत्यु, थप विवरण आउँन बाँकी 

धादिङ - पृथ्बीराजमार्ग अन्तर्गत धादिङ गजुरी गाउँपालिका वडा नम्बर २  पहरेभिर नजिक ट्रकले ठक्कर दिँदा दुईजना बिद्यार्थीको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ६ परेवाटारका मा सन्देश श्रेष्ठ र निर्मल श्रेष्ठलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख रबिन्द्र श्रेष्ठले जानकारी दिए । बिहान परेवाटार बाट ट्युसन पढ्न जानेक्रममा रौतहट जाँदै गरेको अशोक बम्जनले चलाएको  प्र २ - ०३- ००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।  ठक्करपछि भागेको ट्रकलाई बेनीघाट प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले राजमार्ग क्षेत्रमा सवारी चाप रहेको छ भने थप विवरण आउन बाकी छ ।