यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 
आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११ण रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ । 

स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।