साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्दै

 काठमाडौँ - साफ च्याम्पियनसिप २०२३ को उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज आज भिड्दैछन् ।
बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा  भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् । यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ साफले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसिया बाहिरका दुई टोलीला आमन्त्रण गरेको थियो । जसमा कुवेत र लेबनानले पहिलो पटक साफ खेलेका थिए । कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो ।