काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकालाई पत्र काटेको छ।
बुधबार आयोगले बाढी पहिरोबाट वडा नम्बर २४ स्थित नगर पालिकाको निर्णय विपरीत बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार रकम बाँडेको विषयमा बुझ्न उपस्थित हुन पत्र काटेको हो।
‘२०७७ सालमा धापाखेलमा आएको बाढी पहिरोका पीडितलाई नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरलाई हानि हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको छ,’ पत्रमा भनिएको छ, ‘उक्त उजुरीको अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौं’
पत्रमा असार २६ गते बिहान १० बजे सक्कल नागरिकता र पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नम्बर ३ मा उपस्थिति हुन भनिएको छ।