'नयाँ आर्थिक वर्षबाट अर्थतन्त्र चलायमान हुँदै जान्छ' : अर्थमन्त्री महत

काठमाण्डौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भइनसकेपनि आगामी आर्थिक वर्षबाट अर्थतन्त्र चलायमान हुने संकेत देखापरेको बताएका हुन् ।

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई भनेको र समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन गरिसकेको महतले बताए । उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामुहिक प्रयास र प्रतिबद्धता आवश्यक रहेको धारणा राखे ।