आईसिसी टी–२० विश्वकप : युगाण्डालाई अफगानिस्तानले १२५ रनले हरायो

काठमाडौँ - आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई १२५ रनको विशाल अन्तरले हराएको छ । १८४ रनको लक्ष्य पछ्याएको युगाण्डा ५८ रनमा समेटियो । युगाण्डाका लागि रोबिन्सन ओवुयाको १४ रन नै सर्वाधिक रह्यो । रियाज अलि साहले ११ रनको योगदान दिए । अन्य कुनै ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् ।

अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए। नविन उल हक र रासिद खानले २(२ विकेट लिए । त्यसअघि गुयनामा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले पहिलो विकेटको लागि एक सय ५४ रनको साझेदारी गरेपछि युगान्डालाई एक सय ८४ रनको लक्ष्य दिएको थियो ।

अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो । गुर्बाजले ४५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ७६ रन बनाए । इब्राहिमले ४६ बलमा ९ चौका र एक छक्का हिर्काएका हुन् । पहिलो साझेदारी निकै राम्रो भएपनि अफगानिस्तानले त्यसपछि राम्रो ब्याटिङ गर्न सकेन । २९ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

युगाण्डाका ब्रिआन मासादा र कोस्मास केयुताले सर्वाधिक समान २ विकेट लिए । अल्पेस रामजानीले एक विकेट हात पारे । समूह ‘सी’ मा अफगानिस्तान र युगाण्डासँगै वेष्ट इन्डिज र न्युजिल्यान्ड तथा पपुवा न्युगिनी छन् । प्रतियोगिता अन्तर्गत आज इङल्याण्ड र स्कटल्याण्ड तथा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् ।