बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

लुम्बिनी - पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका -१२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।