एकै दिन १७०० रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - आज आइतबार एकैदिन १ हजार ७ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

पछिल्लो दिनहरुमा निरन्तर बढेको छापावाल सुन आज प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।