बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकीकरण भएर आएको छः स्वर्णिम वाग्ले  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेलेसरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रहरुको प्राथमिकीकरण गरेर ल्याएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१र०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै सांसद वाग्लेले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिए ।

सरकारले पाँचभन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको उनले बताए ।

आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवयेर निर्यात पुर्‍याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको वाग्लेले बताए । यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको उनले बताए ।

सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्न दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताए ।

एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडित क्षमतामा आइपुगेको भन्दै उनले आगामी वर्षसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताए ।