आईसीसी टी–२० विश्वकप : युगाण्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै

काठमाडौँ - आईसीसी टी– २० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान अफगानिस्तान र युगाण्डाबीच खेल हुँदैछ । आजको खेलमा युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ ।

जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समूह ‘सी’ अन्तर्गत अफगानिस्तान र युगाण्डाबीच हुँदैछ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६ः १५ बजेदेखि शुरु हुनेछ । त्यस्तै आज दोस्रो खेल समूह ‘बी’ अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुनेछ ।

त्यस्तै आज तेस्रो खेल समूह ‘डी’ अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुनेछ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि शुरु हुनेछ । अफगानिस्तान र युगाण्डा दुवै समूह ‘सी’ मा छन् । यसअघि यो समूहमा रहेका वेस्ट इण्डिज र पपुवा न्युगिनीबीच खेल भइसकेको छ । जसमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।