टी–२० विश्वकप : नेपाल आज नेदरल्याण्डसविरूद्ध पहिलो खेल खेल्दै

काठमाडौँ - जारी टी–२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दैछ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि सुरु हुनेछ ।

आईसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी–२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।

त्यस्तै नेपालले भने १० बर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।