सेयर बजारमा लगानीकर्ताको सहभागिता बढ्यो, डिम्याट खाता खोल्ने ब्यक्ति ६३ लाख !

 काठमाडौँ - पछिल्लो समय नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । डिम्याट हितग्राही खाता खोल्नेको संख्या झन्डै ६३ लाख नजिक पुगेको छ । सीडीएस एन्ड क्लियरिङ सीडीएससीको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ८६ हजार ७०० पुगेको छ यो आज सम्मको तथ्यांक हो ।

आर्थिक सवेक्षण २०८०र०८१ का अनुसार २०८० फागुन मसान्तसम्म डिम्याट खाता लिने नागरिकको संख्या कुल जनसंख्याको २१ प्रतिशत पुगेको छ । २०८० फागुनसम्म ६२ लाख २४ हजार पुगेको उल्लेख छ ।

२०८० असारसम्म डिम्याट खाता खोल्नेको संख्या ५८ लाख २३ हजार रहेको थियो । २०७९ असारसम्म यस्तो संख्या ५३ लाख ४६ हजार रहेको थियो । २०८० असारसम्म करिव डिम्याट खाता खोल्नेको संख्या ८।९ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सीडीएससीका अनुसार जेठ २२ गतेसम्म मेरो सेयर प्रयोग गर्नेको संख्या ५३ लाख ३७ हजार ७२८ पुगेको छ। यीमध्ये ३५ लाख ७४ हजार ३५२ जना मेरो सेयरमा सक्रिय प्रयोगकर्ता छन् । २०८० असारसम्म सेयर प्रयोग गर्नेको संख्या करिब ४८ लाख २६ हजार मात्र थियो।
२०८० फागुनसम्म ५२ लाख ६४ हजारले मेरो सेयर खाता खोलेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । उक्त संख्या कुल जनसंख्याको करिब १८.०३ प्रतिशत हो ।