नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी

 काठमाडौं - धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालनको गरेको छ । यसअघि तयारी नेप्से ५ इन्डेक्सको चर्चा चले पनि नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पूँजी बजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले नेप्सेले नयाँ इन्डेक्स थप गर्न लागेको बताएको छ । नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालनका लागि सरोकारवालासँग सुझाव मागेको छ ।

नेप्से ३० इन्डेक्समा प्रारम्भिक रूपले तय गरिएका इन्डेक्समा समावेश गर्न सूचीकृत संगठित संस्था छनोटका आधार तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गतेभित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको छ ।