सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो । बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।