शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

 काठमाण्डौँ - यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज २३ करोड ३२ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै शिवम् सिमेन्टको १८ करोड ३८ लाख,सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख,सूर्यज्योति लाइफको ६ करोड २३ लाख र सोनापुर मिनरल्सको ६ करोड २ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज मानुषी लघुवित्त,मनकामना स्मार्ट लघुवित्त,गुँरास लघुवित्त र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१०,९.९९,९.९७ र ९.९० प्रतिशतले वृद्धि भयो । आज धेरैजसो लघुवित्तहरुको सेयरमूल्यमा उछाल आएको छ ।  

यो दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ७.२४ प्रतिशतले घटेको आज सर्वोत्तम सिमेन्टको ५.८५ प्रतिशत,रिभर फल्स पावरको ४.०९ र इमर्जिङ नेपालको सेयरमूल्य ३.४६ प्रतिशतले घट्यो ।