विश्वकपमा छनोट भएको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं - आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ ।

शुक्रबार साँझ स्वदेश आएको बिजेता टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीहरुले स्वागत गरेका थिए । यूएईलाई पराजित गरेर एसिया छनोटको च्याम्पियन बनेर नेपाली टोलीले विश्वकपमा स्थान बनाएको हो । विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली स्वदेश फर्किएको हो ।

निर्णायक खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको छ ।